समाज

दार्चुलामा सिलिन्डर पड्केर एक वृद्ध घाइते, हेलिकप्टरमार्फत उद्धार

फाइल तस्बिर।

दार्चुलाको नौगाड गाउँपालिका–३ जामिरमा सिलिन्डर ग्यास पड्किँदा ८० वर्षीय अमरसिंह ठगुन्ना गम्भीर घाइते भएका छन्।

बुधबार बिहान ७ः३० मा चिया पकाउने क्रममा सिलिन्डर पड्किएर गम्भीर घाइते भएका उनलाई तत्काल गोकुलेश्वर अस्पताल ल्याइएको थियो।

आगलागीमा परी गम्भीर घाइते भएका वृद्धको जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताएका छन्। रासस

प्रकाशित: १० जेष्ठ २०८० १२:४८ बुधबार

सिलिन्डर पड्केर एक वृद्ध घाइते