समाज

मोरङको जयश्री पियुटेक फ्याक्ट्रीमा भीषण आगलागी

बिराटनगर- मोरङ टंकी सिनवारीमा रहेको जयश्री पियुटेक फ्याक्ट्रीमा आगलागी भएको छ। जुत्ता चप्पल उतपादन गर्ने उक्त फ्याक्ट्रीमा आज पौने चार बजे आगलागी भएको बताइएको छ। आगलागीबाट फ्याक्ट्रीमा रहेका प्लान्टहरु जलेर नस्ट भएका छन्।

आगलागी नियन्त्रण गर्न आसपास जिल्लाका करिब दस वटा दमकल परिचालन गरिएको छ। त्यस्तै सेना, प्रहरी र स्थानीयले पनि आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्।

 

प्रकाशित: ४ चैत्र २०७३ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App