समाज

सिन्धुली अस्पतालमा गर्भवतीको मृत्युपछि अवस्था तनावग्रस्त

सिन्धुली अस्पतालमा डाक्टरको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड सहित राजमार्ग बन्द गरेर आक्रोश पोखेका छन्।

कमलामाई नगरपालिका-५ सिलामेकी २९ वर्षीय गर्भवती गंगा गुरुङ श्रेष्ठको मंगलबार उपचारका क्रममा मृत्यु भएपछि आफन्त सहितका आक्रोशित भिडले अस्पताल तोडफोड गरेका हुन्।

जिल्ला अस्पतालका डाक्टर दिनेश कुमार मितले बेहोस बनाउने गलत औषधि दिएका कारण मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन्।

अस्पतालमा सयौँका संख्यामा जम्मा भएकाले तोडफोडमा उत्रिएका छन्। अवस्था तनावग्रस्त छ। बिपि राजमार्गको शान्तिनगर चोकमा टायर बालेर सडक अवरुद्ध गरिरहेका छन्।

प्रकाशित: ९ जेष्ठ २०८० १६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App