समाज

नागरिककर्मी गाैतम गम्भीर दुर्घटनामा

काठमाडौं– नागरिक दैनिकका पत्रकार नेमिष गौतम गम्भीर दुर्घटनामा परेका छन्। गत शुक्रबार राति वीर अस्पतालको ट्रमा सेन्टरमा अचेत अवस्था भेटिएका पत्रकार गौतमको सिटी स्क्यानपछि टाउकोमा चोट लागेर रगत जमेको देखिएकाे छ।

‘नाम खुलाउन नचाहने एक व्यक्तिले दाजूलार्इ अचेत र गम्भीर अवस्थामा ट्रमा सेन्टर ल्याएर छाडिदिएको रहेछ, दाजुलाई कस्ले र कसरी अस्पतालसम्म ल्यायो भन्ने थाहा हुनसकेको छैन्, ’पत्रकार गौतमका भाई मनिष गौतमले भने, ‘हामीलाई शनिबार बिहान दाजुको अवस्थाबारे जानकारी भयो। सिटी स्क्यान गराएपछि टाउकोमा गम्भीर चोट लागेर रगत जमेकाे देखियाे, तुरुन्त क्राइमोटोमी गरिएको छ । हाल उहाँकाे खतरामुक्त भएपनि आईसियूमा राखिएर उपचार भइरहेको छ।’

ट्रमा सेन्टरका चिकित्सक न्यूरो सर्जन डा. राजीव झाको टोलीले तीन घण्टा लामो 'क्रेनियाेटोमी' शल्यक्रिया गरेको उनको टाउकोमा लागेको गम्भीर चोटका कारण जमेकाे रगत निकालेको थियो ।

यसैबीच, पत्रकार गौतमकाे स्वास्थ्य लाभको कामना गर्दै चलचित्र पत्रकार संघले सोमबार विज्ञप्ति जारी गरेकाे छ।

‘पत्रकार नेमिष गौतमको दुर्घटनाको खबरले हामी स्तब्ध भएका छौं । उनको उपचारका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउँदै शिध्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ विज्ञप्तिमा भनिएकाे छ।

 

प्रकाशित: ३० फाल्गुन २०७३ १०:०५ सोमबार

नागरिककर्मी गाैतम गम्भीर दुर्घटनामा