जाजरकाेट– जाजरकोटको सदरमुकाम खलंगाबाट खारातर्फ जाँदै गरेको ना३ख २२७९ नम्बरकाे यात्रुबहाक बस दुर्घटना हुँदा १३ जनाकाे मृत्यु भएको छ।
बसमा करिब ६० यात्रु सवार रहेको अनुमान गरिएको छ। दुर्घटनामा धेरैको हताहत भएको हुन सक्ने अनुमान गरिएको छ।
उक्त बस जाजरकोटको भेरीमालिका नगरपालिका–४ बाेहरा भन्ने ठाउँ नजिक सडकबाट करिब २ सय मिटर तल खसेको हो।
दुर्घटनामा १३ जनाकाे मृत्यु भएकाे जाजरकाेटका प्रहरी प्रमुख डिएसपी भावेष रिमालले जानकारी दिए। घटनामा घाइते ४० जनालार्इ जिल्ला अस्पताल जाजरकाेटकाे चाैरमा राखेर उपचार गराइरहेकाे उनले बताए।
दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीले उद्दार गरिरहेका छन्।
प्रकाशित: २६ फाल्गुन २०७३ ११:५१ बिहीबार