समाज

ग्यास सिलिन्डरबाट पड्किदा सात जना घाइते, तीनको अवस्था गम्भीर

इटहरी- बेलुन भर्ने क्रममा ग्यास सिलिन्डर पड्किएर आज सुनसरी सिमरियामा सात जना घाइते भएका छन्। साढे ११ बजेतिर भएको घटनामा परी घाइतेमध्ये तीन जना सिकिस्त छन्। महाशिवरात्रिको अवसरमा सिमरिया वडा नं. ९ चरैयाको शिव मन्दिरमा लागेको मेलामा आएका तीर्थयात्रीलाई लक्ष्यित गरी सिलिन्डरबाट बेलुन भरेर बेचिरहँदा सिलिन्डिर पड्किएको थियो।

घाइतेमध्ये मोरङ सुन्दर दुलारीकी ३२ बर्षीया तारा मण्डल र कटहरीका सोमराज माझी सिकिस्त घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए।

उनका अनुसार, अर्का एक जना सिकिस्त पुरुषको नाम खुलेको छैन। सामान्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भए पनि सिकिस्त तीनै जनाको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। 

(प्रारम्भिक समाचारमा बेलुन पड्किएर घाइते हुन गएकोमा क्षमाप्रार्थी छौं। —सम्पादक)

प्रकाशित: १३ फाल्गुन २०७३ ०६:५८ शुक्रबार

ग्यास सिलिन्डरबाट पड्किदा जना घाइते तीनको अवस्था गम्भीर