समाज

धादिङमा ग्यासको बुलेट पल्टियो, चालक र सहचालक घाइते

धादिङ– पृथ्वी राजमार्गअन्र्तगत धादिङको वेनिघाट गाविस–८ विशालटारमा ग्यासको बुलेट दुर्घटना भएको छ।

तीव्र गतिमा रहेको ग्यासको बुलेट घुम्तीमा अनियन्त्रित भई सडकबाट छेउमा जोतिएको हो। सोमबार दिउँसो भएको दुर्घटनामा चालक र सहचालक दुबै जना घाइते भएका छन्। चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

धादिङको भुमेस्थान स्थित ओम ग्यास उद्योगले विरगञ्जबाट ग्यास ल्याउँदै गरेको एमएल ०१ बी ९७०७ नम्बरको इन्डियन ग्यास बुलेट आफै अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

घाइतेहरुलाई उपचारका लागि काठमाडौंतर्फ पठाइएको छ। दुर्घटनामा परेपनि खतरामुक्त रहेको प्रहरीले जनाएको छ। सम्भावित दुर्घटनाबाट बचाउन प्रहरी र ग्यास उद्योग सञ्चालकले घटनास्थलमा तयारी अवस्थामा दमकल राखिएको छ।

प्रकाशित: २४ माघ २०७३ १०:५८ सोमबार

धादिङमा ग्यासको बुलेट पल्टियो चालक सहचालक घाइते