काठमाडौं-रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण केही समयअघि रोकिएको छ। ऐतिहासिक महत्वको उक्त मन्दिरमा इँटा, सिमेन्ट, रड प्रयोग गरेर मौलिकता मास्न लागेको भन्दै स्थानीयले विरोध गरेपछि पुनर्निर्माण रोकिएको थियो।
ललितपुर बुङमतीको मच्छिन्द्रनाथ मन्दिर करिब दुई साताअघि पुनर्निर्माण थालियो । मन्दिरको जगमा मा आप्पा (मा भनेको आमा र आप्पा भनेको इँटा जसलाई सबैभन्दा बलियो इँटा मानिन्छ) राख्नुपर्नेमा कमसल इँटा राखेको पाइयो । जगमा पर्खाल लगाउँदा ‘ग्याप’ नराखेपछि स्थानीयले श्रमदान गरेर मिलाए।
बुङमतीकै मनकामना मन्दिर एक करोड ७७ लाख ठेक्का पाएको ठेकेदारले ७७ लाख नाफा खाएर अर्का व्यक्तिलाई एक करोडमा ठेक्का दिए ।
काठमाडौं दरबार क्षेत्रको त्रैलोक्य मोहन मन्दिर पुनर्निर्माण यसै महिनामा थालियो । मन्दिर पुनर्निर्माण थाल्नुअघि परम्पराअनुसार क्षमापूजा गर्नुपथ्र्याे । स्थानीयलाई खबरै नगरी मन्दिर वरिपरि जस्तापाताले छेकेर काम थालेपछि स्थानीयले पुनर्निर्माणमा अवरोध गरेका छन् ।
विनाशकारी भूकम्पबाट क्षति भएका ऐतिहासिक सम्पदा पुनर्निर्माणमा देखिएका केही समस्या हुन् यी । ठेकेदारले सम्पदाको मौलिकता, ऐतिहासिक महŒव नबुभ्mदा यस्ता समस्या आएका हुन् । यस्तै सम्पदा निर्माण सामग्रीमा पनि ठेकेदारले ध्यान दिएको पाइँदैन । सयौं वर्ष पुराना सम्पदा पुनर्निर्माणमा पुराताŒिवक सामग्री (बज्र, चुन, सुर्की) प्रयोग गर्नुपर्छ भने शैली पहिलाको जस्तै हुनुपर्छ ।
ठेकेदार प्रथाबाट सम्पदा पुनर्निर्माण गर्दा संरचना कमजोर हुने र ऐतिहासिक एवम् मौलिकता घट्ने भन्दै सम्पदा विज्ञहरू ठेकेदार प्रथाको विरोधमा छन् । नाफाका लागि काम गर्ने ठेकेदारले सम्पदाको भौतिक संरचना बनाउन सके पनि सम्पदाको आत्मा जोगाउन नसक्ने दाबी सम्पदा बचाउ अभियानका अभियन्ता आलोकसिद्धि तुलाधरको छ ।
स्थानीयको आवाज र ऐतिहासिक सम्पदाको मौलिकता तथा पुराताŒिवक महŒवलाई ख्याल गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा पुनर्निर्माणमा विकल्प खोज्न विज्ञ टोली गठन गरेको छ । प्राधिकरण कार्यसमितिका सदस्य डा. हरेराम पराजुलीको संयोजकत्वमा गठित टोलीले ऐतिहासिक सम्पदाको पुनर्निर्माणबारे एक साताभित्र सुझाव दिनेछ । टोलीले ऐतिहासिक महŒवका सम्पदा पुनर्निर्माण गर्दा मौलिकता र ऐतिहासिक महŒव कसरी जोगाउन सकिन्छ भनेर उपाय खोज्नेछ ।
‘ऐतिहासिक सम्पदा ठेक्का प्रथाबाट बन्न नसक्ने रहेछन्,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले भने, ‘सम्पदा पुनर्निर्माण मात्रै नभएर सम्पदाको शैली र ऐतिहासिक महŒव जोगाउनु पनि हो । सम्पदा पुनर्निर्माण ठेकेदारलाई दिँदा कमजोर हुने देखिएको छ ।’
सम्पदा धार्मिक, सांस्कृतिक धरोहरमात्रै नभएर राष्ट्रको पहिचान रहेको यथार्थलाई प्राधिकरणले आत्मसात् गरेको कार्यकारी अधिकृत पोखरेल बताउँछन् ।
सार्वजनिक खरिद ऐनमा पाँच लाखमाथिको काम ठेक्कामा गराउनुपर्ने उल्लेख छ । ऐनमा यस्तो व्यवस्था भए पनि आवश्यकताअनुसार कार्यविधि बनाएर सम्पदाको पुनर्निर्माण कार्य अघि बढाउने तयारीमा प्राधिकरण रहेको छ ।
पुरातŒव विभागका अनुसार भूकम्पबाट उपत्यकासहित विभिन्न जिल्लामा ६ सय २१ सम्पदामा क्षति पुगेका थियो । तीमध्ये प्राधिकरणले एक सय ३२ सम्पदा बनाउन अनुमति दिएको छ । अनुमति पाएका सम्पदा पुनर्निर्माणका लागि धमाधम ठेक्का लागेको विभागले जनाएको छ ।
विभागले पनि सम्पदा ठेकेदारबाट पुनर्निर्माण गराउँदा भन्दा अमानत (ठेक्कामा नदिई सम्बन्धित संस्थाबाट आफैंले काम गर्ने) बाट गराएमा राम्रो हुने जनाएको छ । ‘अमानतबाट सम्पदा पुनर्निर्माण धेरै राम्रो कार्य हो,’ विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘यसबाट काम गुणस्तरीय हुन्छ भने मौलिक शैली कायमै रहन्छ ।’
प्राधिकरणले सम्पदा पुनर्निर्माण सम्बन्धमा गठित टोलीका डा. पराजुलीका अनुसार सबै सम्पदामा अमानत लागू नहुने बताए । ‘भूकम्पले क्षति पुगेका सबै सम्पदा पुनर्निर्माणमा अमानत प्रणाली लागू हुँदैन,’ पराजुलीले भने, ‘ठेक्काबाट पुनर्निर्माण गराउँदा मौलिकता नाश हुने खालका ऐतिहासिक महत्ववका सम्पदामा मात्र अमानतबाट पुनर्निर्माण गरिनेछ ।’ उनका अनुसार अमानतबाट र ठेक्कामा दिएर पुनर्निर्माण गरिने सम्पदाको सूची प्रतिवेदनमार्फत सावर्जनिक गरिनेछ ।
ठेकेदारी प्रथाबाट पुनर्निर्माण थालिएका सम्पदाबारे संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले समेत चासो देखाएपछि प्राधिकरणले विज्ञ टोली बनाएको हो।
विश्व सम्पदामा सूचीकृत उपत्यकाका ७ वटा सम्पदा भूकम्पबाट क्षतिग्रस्त भएका थिए। तीमध्ये बौद्धनाथ स्तूप अमानतबाटै पुनर्निर्माण भइसकेको छ भने बाँकी सम्पदा पुनर्निर्माण भएका छैनन्।
प्रकाशित: २३ माघ २०७३ ०८:०१ आइतबार