समाज

ट्राफिकको गाडीमा ‘डिजिटल डिस्प्ले’ जडान

काठमाडौं—महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा गुड्ने ट्राफिक गाडीमा अत्याधुनिक ‘एलइडी डिजिटल डिसप्ले’ जडान गरेको छ। ट्राफिक व्यवस्थापन र सडक प्रयोगकर्तालाई सचेत बनाउने हेत्तुले ‘मोवाइल पब्लिक अवारनेस भेइकल फर रोड सेफ्टी’ नामक यस्तो डिसप्ले ट्राफिक गाडीमा जडान गरिएको हो।

३-२ मिटर लम्बाई चौडाइ रहेको यो डिसप्ले डबल स्क्रिन छ। जसलाई अत्यत्नै भिड हुँदा पनि अगाडि र पछाडि दुवै तिरबाट हेर्न मिल्छ।

उक्त डिसप्लेको सहायताले ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँहरुमा ट्राफिक जनचेतनामुलक अडियो भिडियो देखाउँदै हिँड्नेछ। बिहिबार महाशाखामा भएको एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले डिजिटल डिसप्ले महाशालाई हस्तान्तरण गरेका हुन्।

३-२ मिटर लम्बाई चौडाइ रहेको यो डिसप्ले डबल स्क्रिन छ। जसलाई अत्यत्नै भिड हुँदा पनि अगाडि र पछाडि दुवै तिरबाट हेर्न मिल्छ। उपत्यकामा बढी मानिसको जमघट हुने स्थानहरुमा ट्राफिक गाडीमा जडान गरेको डिसप्लेबाट ट्राफिक नियमबारे बुझाउने महाशाखाले जनाएको छ।

सामाजिक उत्तरदायित्व अन्र्तगत यातायात मन्त्रालयसँग मिलेर महानगरपालिकाले उक्त आधुनिक डिसप्ले प्रहरीलाई हस्तान्तरण गरेको काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत तामाङले जानकारी दिए ।

त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रकाश अर्यालले अझै पनि ८० प्रतिशत सडक प्रयोगकर्तालाई ट्राफिक नियम थाहा नभएकोले ट्राफिक प्रहरीले उनीहरुलाई बुझाउनका निम्ति यस्तो डिस्प्ले ट्राफिकको गााडीमा जडान गरेको जानकारी दिए।

‘उपत्यकाको जुन ठाउँमा मानिसहरुको बढी जमघट हुन्छ त्यस्तो स्थानमा पुगेर डिसप्लेमार्फत् ट्राफिक नियम सिकाउँछौँ,’ अर्यालले भने।
नेपालमा पहिलोपटक ट्राफिक प्रहरीले यस्तोखाले आधुनिक डिस्प्ले ट्राफिकको गाडीमा जडान गरेको हो। उक्त डिसप्ले प्रहरीको एउटा गाडीमा मात्र जडान गरिएकोे छ।

डिस्प्लेलाई घाम, पानी र चिसो कुनै प्रभाव नपार्ने महाशाखा प्रमुख अर्यालले बताए।

प्रकाशित: १३ माघ २०७३ ०७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App