समाज

९१ वर्षीय बृद्धद्वारा हरिहर सन्यास आश्रमलाई साँढे ५१ लाख सहयाेग

देवघाट–समाजसेवी ९१ वर्षीय जगुपति सापकोटाले ५१ लाख ५१ हजार १ सय ५१ रुपैयाँ रकम देवघाटस्थित हरिहर सन्यास आश्रमलाई सहयोग गरेका छन्।
समाजसेवालाई आफ्नो जीवनको मूलमत्र मान्ने भरतपुरका ९१ वर्षीय सापकोटा अहिलेपनि समाजसेवामा उतिकै सक्रिय छन्।

देवघाटको प्रसिद्ध हरिहर सन्यास आश्रममा एक कार्यक्रमकावीच सापकोटाले उक्त रकम सहयोग गरेका हुन्। ९१ वर्षको उमेरमा पनि समाजसेवा गरौं भन्ने आफ्ना बयोबृद्ध पिताको इच्छा पूरा गर्न जगुपतिका छोराहरुले यो सबै काम गरेका थिए।

यसअघि पनि सापकोटाले धेरैपटक सामाजिक कार्यक्रमा सहगोगी हातहरु अघि बढाइसकेका छन्। उनले विभिन्न सामाजिक काममा मनग्य सहयोग रकम हस्तान्तरण गरिसकेका छन्।

उनले मठ, मन्दिर, पौवा निर्माणको लागि सहयोग गरिसकेका छन्। उमेरमा कमाएको सम्पत्ति आफ्नै नाममा ट्रस्ट खोलेर सामाजिक क्षेत्रका लागि बाँडिरहेका छन्।
आफ्ना बयोबृद्ध पिताको इच्छा पूरा गर्नका लागि उनका सबै छोराहरुबीच एकमत भएको थियो, जसका कारण यो सबै सम्भव भएको हो। जगुपतिका ६ भाई छोराहरु अहिले सबै आ–आफ्नो पेशा र व्यवसायका क्रममा देश बाहिर छन्।  

९१ वर्षीय जगुपतिलाई देवघाटको झोलुगें पुल तराएर कार्यक्रमस्थलमा पु¥याउन झण्डै आधा घण्टा लागेको थियो।   न्दिरका पीठाधिशले समाजमा यस्ता दानवीरहरु अझै भगवानले कति कतै राखिदिएको भन्दै खुसी व्यक्त गरे।

जगु्पतिले ५१ लाखको चेक हस्तान्तर गर्दै आफ्नो यो अन्तिम इच्छा र सहयोग नभएको भन्दै भोलिका दिनमा आफूले गच्छअनुसार अरु सहयोग गर्दै जाने रहर बाँकी नै रहेको बताउँदा त्यहाँ उपस्थित सबै भावुक बनेका थिए।

प्रकाशित: १२ माघ २०७३ १०:१३ बुधबार

९१ वर्षीय बृद्धद्वारा हरिहर सन्यास आश्रमलाई साँढे ५१ सहयाेग