समाज

सप्तकोशीमा नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु,दुई बेपत्ता

सप्तकोसी नदीमा नुहाउने क्रममा बुधबार बिहान डुबेर एक किशोरको मृत्यु भएको छ। नुहाउने क्रममा डुबेका दुई जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहान १०.४० बजे आफन्तको श्राद्धमा गएको बेला बराहक्षेत्र वडा नं. १ मा नुहाउने क्रममा डुब्दा झापा दमक वडा नं. ९ का १७ वर्षे नवीन न्यौपानेको डुबेको स्थान नजिकै शव भेटिएको हो।  

डुबेर बेपत्ता भएका दमक वडा नं. ९ कै १९ वर्षे रुद्र न्यौपाने र मोरङ उर्लाबारी वडा नं. ७ का १८ वर्षीय राज गुरागाईँ भने वेपत्ता भएको डिएसपी राजकुमार राईले बताए। वेपत्ताको खोजी गर्न प्रहरी र गाउँले जुटेपनि बुधबार साँझसम्म फेला पर्न नसकेको प्रहरीले जनायो।  

प्रकाशित: ६ वैशाख २०८० १३:३२ बुधबार

सप्तकोसी नदी