समाज

बिएस्सीको परीक्षाफल प्रकाशन

काठमाडौं- त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत भदौ महिनामा सञ्चालित विज्ञानतर्फ (तीन वर्षीयतर्फ) बिएस्सी प्रथम वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ।

चार परीक्षार्थीलार्ई अनियमित काम गरेकामा दुई वर्षका लागि परीक्षा दिन नपाउने गरी निष्काशन पनि गरिएको छ । परीक्षाफल नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस

प्रकाशित: २५ पुस २०७३ १३:२१ सोमबार

बिएस्सीको परीक्षाफल प्रकाशन