समाज

सडकको पर्खालबाट लडेर मजदुरको मृत्यु

बैतडी- सतबाँझ–श्रीभावर सडकखण्डखन्ने क्रममा सडक किनारको पर्खालबाट लडेर एक जनामजदुरको मृत्यु भएको छ। आइतबार गुरुखोला–८ काण्डेका ७७ बर्षीय हरिदत्त भट्टको बासुलिंग–४ तडीगाउँमा कामगर्ने बेला सडक किनारमा रहेको पर्खालबाट खस्दा घाइते भएको प्रहरीले जनाएको छ।

सडकबाट ४ फिट तल खसेका भट्टलाई उपचारकोलागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्य भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र पोष्टमार्टम पछि आफन्तलाई बुझाइने उनले बताए।

प्रकाशित: २५ पुस २०७३ १२:४४ सोमबार

सडकको पर्खालबाट लडेर मजदुरको मृत्यु