समाज

प्यूठानमा बस दुर्घटना, एकको मृत्यु

प्यूठान-प्यूठानमा बस दुर्घट्ना हुँदा एकजनाको मृत्यु भएको छ। एकजना घाइते छन्। बुधबार दिउँसो दाङको भालुवाङबाट प्यूठानको दरभानतर्फ आउँदै गरेको ना ३ ख ७०३३ नम्बरको मिनी बस बांगेशाल–६ धारखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सहचालक बांगेशाल–५ का १६ बर्षीय सन्तोष रानाको मृत्यु भएको ढुङ्गेगढी प्रहरी चौकी दर्भानले जानकारी दिएको छ।

रानाको भालुवाङमा उपचारको क्रममा मृत्यु भएको हो। बसमा सवार अर्का एक घाइते छन्। प्युठान रम्दी-४ का बलाराम कुमाल सामान्य घाइते भएका हुन्।

चालक रम्दी–४ प्यूठानका बलराम कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। आक्रोशित आफन्तले प्युठान-भालुबाङ सडक अबरुद्ध गरेका छन्।

प्रकाशित: २९ मंसिर २०७३ १३:०४ बुधबार

प्यूठानमा बस दुर्घटना एकको मृत्यु