समाज

शिक्षा कार्यालयको गाडीमा हतियारको गोली

जाजरकोट- जाजरकोटमा   एक सरकारी गाडीमा अत्याधुनिक हतियारको गोली भेटिएको  छ।  जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक धनन्जय आचार्य र श्रोत व्यक्ति टेकवहादुर थापालाइ विद्यालय अनुगमनका लागि जिल्लाको पश्चिमी बजार  थलहमा पुर्‍याएर फर्कदै गरेको गाडीलाइ   सीमा गाविस १ छेडा बजारमा प्रहरीले जाँच गर्दा  गाडीमा दुइ सय पाँच राउन्ड गोली भेटिएको प्रहरीले जनाएको  छ।

शिक्षा कार्यालयका विनि र श्रोत व्यक्तिलाइ  थलह वजारमा पुर्‍याएर रित्तै फर्किएको  गाडीमा   खगेनकोट १ का  मिलन शाहीले  लिफ्ट मागेर आएको र  प्रहरीले जाँच गर्दा  उक्त गोलीहरु भेटिएको  जिल्ला प्रहरी कार्यालयका  प्रहरी निरीक्षक  हिक्मत वोहराले बताए। उनले  गाडीमा गोली भेटिएपछि  गाडीमा सवार शाही  र चालक सवैलाइ प्रहरीले  नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको  बताए। गाडीमा भेटिएको गोली  इन्सास राइफल या  एसएमजीको हुन  सक्ने प्रहरीले जनाएको  छ।  उक्त गोलीहरु शिक्षा कार्यालयको  गाडीमा सवार मिलन शाही बाट बरामद गरिएको  प्रहरी निरीक्षक  बोहराले बताए।

प्रकाशित: २१ मंसिर २०७३ १४:०० मंगलबार

शिक्षा कार्यालयको गाडीमा हतियारको गोली