समाज

कोटेश्वरको झेलुङ्गे पुलमुनि महिलाको शव भेटियो

काठमाडौं— कोटेश्वरस्थित झोलुङ्गे पुलमुनि एक महिलाको मृत शव फेला परेका छन्। प्रहरीले मृतक व्यक्ति सोही क्षेत्रमा माग्दै हिँड्ने ४० वर्षीया भएको जनाएको छ।

के कारणले मृत्यु भएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यसैगरी ललितपुरको बज्रबाराही नगरपालिका–१६ आनन्द बन अस्पतालको जंगलमा ललितपुर सानागाउँ बस्ने ४२ वर्षीय दिनेशकुमार केसी मंगलबार मृत अवस्थामा फेला परेका छन्।
 

प्रकाशित: १४ मंसिर २०७३ १३:४१ मंगलबार

कोटेश्वरको झेलुङ्गे पुलमुनि महिलाको शव भेटियो