समाज

ललितपुरमा सुलसुले व्यवस्थापन कार्यक्रम सुरु

ललितपुर—मौरीमा सुलसुले किराले गर्दा गोला नै नष्ट हुने सम्मको समस्या आएपछि सुलसुले व्यवस्थापन कार्यक्रम सुरु भएको छ। 

गोदावरीस्थित मौरी विकास शाखाले मौरीपालन बढी हुने जिल्लालाई लक्षित गरेर पहिलो चरणमा रुपन्देही, स्याङ्जा र मोरङ जिल्लामा कार्यक्रम सुरु गरेको वरिष्ठ मौरी विज्ञ तीर्थकुमार श्रेष्ठले बताए। उनले भने, 'धेरै जिल्लामा माग भएकाले अरू जिल्लामा पनि कार्यक्रम विस्तार गर्ने योजना छ।' 

'जिल्लाले सतही कार्यक्रम गरे पनि लक्षित कार्यक्रम गर्न नसकेकाले कार्यालयमा नै माग हुँदै आएको छ।'

सुलसुले किराले मौरीको रगत सोसेर खाने हुँदा उड्न नसक्ने उल्लेख गर्दै उनले भने, 'मौरी आफैँ खानेकुरा खोजेर खानुपर्ने भए पनि उड्न नसकेपछि आहाराको अभावमा मर्छ।' एक-दुई गर्दै सिङ्गो गोला नै नाश हुने उनी बताउँछन्। किरा व्यवस्थापनसम्बन्धी कार्यक्रम धेरै ठाउँबाट माग भए पनि पूरा नसकिएको वरिष्ठ मौरी विज्ञ श्रेष्ठले जानकारी दिए। 

'जिल्लाले सतही कार्यक्रम गरे पनि लक्षित कार्यक्रम गर्न नसकेकाले कार्यालयमा नै माग हुँदै आएको छ', उनले भने।

अहिले मौरीपालन गरिरहेका किसान र मौरीपालन गर्न चाहने नयाँ किसान दुवैले कार्यक्रमको माग गरिरहेका हुन्। नेपालमा अहिले झन्डै एक लाख २० हजार घार मौरीपालन भइरहेको छ। रासस 

प्रकाशित: १२ मंसिर २०७३ ११:१६ आइतबार

ललितपुरमा सुलसुले व्यवस्थापन कार्यक्रम सुरु