समाज

उपत्यकामा शून्य लाेडसेडिङ, भित्ताेमा तालिका टाँस्नु पर्दैनः उर्जामन्त्री

काठमाडाैं-उर्जामन्त्री जनार्दन शर्माले काठमाडाैं उपत्यकामा शून्य लाेडसेडिङ यथावत रहने बताएका छन्। पहिलाे परीक्षणका रुपमा राजधानीलाई लाेडसेडिङ मुक्त बनाउका लागि सम्बन्धित सबै संयन्त्र सशक्त र चुस्त परिचालनमा गरिएको उनले बताए।

राजधानीकाे माग र अापूर्ति सन्तुलन मिलाउनका लागि वैकल्पिक उपायहरुमा गृहकार्य भैरहेकाे भन्दै याे वर्ष राजधानीका उपभाेक्ताले लाेडसेडिङ तालिका भित्तामा टाँस्नु नपर्ने उनको विश्वास छ।

हेराैं मन्त्री शर्मासँगकाे नागरिक शाेः (प्राेमाे)

मन्त्री शर्मासँगकाे नागरिक शाे काे विस्तृत संवाद भाेली बिहीबार नागरिकन्युजमा प्रशारण हुनेछ।

प्रकाशित: ८ मंसिर २०७३ ०९:४३ बुधबार

उपत्यकामा शून्य लाेडसेडिङ भित्ताेमा तालिका टाँस्नु पर्दैनः उर्जामन्त्री