समाज

अमेरिकी राजदूत टेप्लेजद्वारा नेपाल प्रहरीलार्इ इन्टरनेट उपकरण हस्तान्तरण

रोल्पा– नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत अलाइना बी टेप्लेजले जिल्ला प्रहरी कार्यालय रोल्पालाई इन्टरनेट सर्भिस उपकरण हस्तान्तरण गरेके प्रहरीले जनाएके छ।

जिल्ला प्रहरी कार्यालय रोल्पामा उनले कम्प्युटर, राउटर, युपिएस, एनालग फेन, राक्स सिक्स–यू स्वीचका ८ थान पाेर्टलगायतका उपकरणा अञ्चल प्रहरी कार्यालय राप्तीका प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दलाई हस्तान्तरण गरेकाे नेपाल प्रहरीले जनाएकाे छ।  

राजदूत टेप्लेजले महिला प्रहरी कर्मचारीहरुबाट उक्त कम्प्युटर सञ्चालन गरेको अवलोकनसमेत गरेकाे जनाइएकाे छ।

प्रकाशित: ३० कार्तिक २०७३ ०७:११ मंगलबार

अमेरिकी राजदूत टेप्लेजद्वारा नेपाल प्रहरीलार्इ इन्टरनेट उपकरण हस्तान्तरण