समाज

जुत्तामा लुकाइएको २ लाख भारुसहित एक पक्राउ

पर्सा–वीरगन्ज उपमहानगरपालिका–१६ बस्ने १७ वर्षीय मनु तिवारीलाई २ लाख भारतीय रुपैयाँ र नेपाली ५० हजार रुपैयाँसहित पक्राउ गरेको छ।
    
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शनिबार सोही उपमहानगरपालिका–१९ मा उनलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा लगाएको दुबै खुट्टाको जुत्तामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त रुपैयाँ बरामद भएको थियो ।

तिवारीलाई प्रहरीले आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०७३ ०७:१२ सोमबार

जुत्तामा लुकाइएको भारुसहित पक्राउ