समाज

प्रहरी सहायक निरीक्षक हुँ भन्दै रकम असुल्ने पक्राउ

काठमाडौं- महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भन्दै रकम असुल गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी हुँ भन्दै धम्की दिंदै हिंडिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–३५ पेप्सीकोला बस्ने मोरङ उर्लाबारी नगरपालिका–७ मंगलबारेका ३२ वर्षीय अनुप वराललाई प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट नगद ११ हजार ३५ रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ कार्तिक २०७३ १०:५६ शनिबार

प्रहरी सहायक निरीक्षक हुँ भन्दै रकम असुल्ने पक्राउ