समाज

कुटपिट गरी दुई जनाको हत्या अभियोगमा एक पक्राउ

नुवाकोट– लिखु–२ मझुवा माथिल्लो टोल बस्ने ७० वर्षीय धनबहादुर तामाङ र उनकी ६५ वर्षीया श्रीमती कान्छी तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय रवि तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

जग्गासम्बन्धी पुरानो विवादलाई लिएर रविले कुटपिट गर्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो। कुटपिटबाट धनबहादुरकी ३७ वर्षीया छोरी दिलमाया तामाङसमेत घाइते भएकी छिन्।

प्रकाशित: २५ कार्तिक २०७३ ०७:३८ बिहीबार

कुटपिट गरी दुई जनाको हत्या अभियोगमा पक्राउ