समाज

श्री एयरलाइन्सको हेलिकप्टर त्रिभुवन विमानस्थलमा दुर्घटना

काठमाडौं- श्री एयरलाइन्सको हेलिकप्टर त्रिभुवन विमानस्थलमा दुर्घटना भएको छ। काठमाडौंबाट दोलखाको जीरीका लागि उड्ने क्रममा पाँच सिट क्षमताको एएस ३५० बि ३ हेलिकप्टर सामान्य दुर्घटनामा परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। विहान उक्त हेलिकप्टर बिरामी लिन जीरी जान लागेको थियो।

टेक अफ गर्ने क्रममा पखेँटाको कभरले माटोको डिस्को छोएको छ। नागरिक उड्यानको सेफ्टी टिम र श्री एयरलाइन्सको इन्जिनियरिङ टिमले हेलिकप्टरको प्राविधिक पक्ष निरीक्षण गरेपछि दिउँसोबाट उडान सुरु भएको ठाकुरले बताए।  

प्रकाशित: २० कार्तिक २०७३ ११:०५ शनिबार

श्री एयरलाइन्सको हेलिकप्टर त्रिभुवन विमानस्थलमा दुर्घटना