समाज

बबरमहलमा खुकुरीले हान्ने पक्राउ

काठमाडौं—काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित नेपाल आयल निगमको कार्यालयमा ड्युटीमा खटिएका सेक्युरिटी गार्डहरुबीच आपसमा झगडा हुँदा खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

विवाद हुँदा दोलखा चरीकोट–२ घर भई हाल सुकेधारा बस्ने ६० वर्षीय थान बहादुर लामाले आज दैलेख बालुवाटार–६ घर भई हाल भक्तपुर सुर्यबिनायक बस्ने ३९ वर्षीय वीरेन्द्र शाहीको टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएका थिए। लामालाई प्रहरीले पक्राउ गरेको हो।

घाइते शाहीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ। गार्डहरुबीच के निहुमा झगडा भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: १७ कार्तिक २०७३ १२:५३ बुधबार

बबरमहलमा खुकुरीले हान्ने पक्राउ