समाज

मामाघरबाट हराएका बालक नदीमा मृत भेटिए

गौशाला– महोत्तरी जिल्लाको बलवा गाविसस्थित मामाघरबाट हराएका एक बालक सरपल्लो गाविस भएर बग्ने अङ्कुशी र जङ्घा नदीको सङ्गमस्थलमा नदीमा मृत अवस्थामा भेटिएको छ ।


जिल्लाको भटौलिया गाविस–२ घर भई बलवा गाविस–२ मा माइतीमा बस्दै आएकी सुनिता महासेठको तीन वर्षीय छोरा कृष्ण महासेठ सरपल्लो गाविस–८ स्थित अङ्कुशी र जङ्घा नदीको सङ्गमस्थलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सोमबार साँझ ७ बजेपछि मामाघरबाट हराएको बालक मङ्गलबार अबेर साँझ नदीमा डुबेर तैरिरहेको अवस्थामा सरपल्लो गाविस–८ मा फेला परेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए। रासस

 

प्रकाशित: १७ कार्तिक २०७३ ०८:२४ बुधबार

मामाघरबाट हराएका बालक नदीमा भेटिए