समाज

तिहार मान्न घर अाएका लागू औषधका फरार अभियुक्त पक्राउ

रौतहट– रौतहट प्रहरीले लागू औषधको मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। लागू औषधको मुद्दामा फरार रहेका चन्द्रपुर नगरपालिका– ९ का ३२ वर्षीय प्रमोद सहनीलाई प्रहरीले पक्राउ गरेको हो। लामो समयदेखि फरार रहेको सहनी तिहार मान्न घरमा आएर बसिरहेको विशेष सूचनाको आधारमा छापामारी गरेर प्रहरीले सहनीलाई घरबाट नै पक्राउ परेको हो।

लागू औषध कोरेक्सको कारोबार मुद्दामा फरार रहेका सहनीलाई विदापछि अदालत खुल्दा अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी नवीन कृष्ण भन्डारीले बताए। सोही मुद्दामा चन्द्रादेवी भन्डारी, शशी नन्दन कुमार यादव, विजय महतो पुर्पक्षका लागि थुनामा छन्।

प्रकाशित: १६ कार्तिक २०७३ ०६:१४ मंगलबार

तिहार मान्न घर अाएका लागू औषधका फरार अभियुक्त पक्राउ