समाज

जलेकी महिलालाई फेसबुकमार्फत पैसा उठाएर सहयोग

इटहरी–दुई महिना अघि आगोले जलेर सिकिस्त भएकी इटहरीकी एक महिलालाई विहीबार ४२ हजार उपचार खर्च दिइएको छ।

कमजोर आर्थिक अवस्था हुँदा उपचारमा समस्या परेपछि आगोले जलेकी इटहरी वडा नं. ३ की २४ बर्षीया सरस्वती राईलाई सहयोग दिइएको हो।

इटहरी वडा नंं. ८ की  कृष्णकला राई नेतृत्व समूहले पैसा जुटाएर सहयोग गरेको हो। पैसा अभावले उपचारमै समस्या परेपछि खर्च जुटाएर दिइएको कृष्णकलाले बताइन्।

‘पैसा नहुँदा उपचार हुन नसक्ने अवस्था आएको सुनेपछि बिरामीलाई हस्पिटलमा भेटन गएर फेसबुकमार्फत साथीहरुलाई भनेर रकम संकलन गरिएको हो।’ उनले भनिन्।

प्रकाशित: ११ कार्तिक २०७३ ११:४० बिहीबार

जलेकी महिलालाई फेसबुकमार्फत पैसा उठाएर