समाज

चक्कु देखाई प्रत्येक गाडीसँग पैसा माग्ने पक्राउ

नुवाकोट– बिदुर नगरपालिका–२ पाटीपानीस्थित सडकमा चक्कु देखाई प्रत्येक गाडीबाट ५ सय रुपैयाँका दरले पैसा मागिरहेका सोही ठाउँ बस्ने २२ वर्षीया राजेश कामी र २८ वर्षीय सम्राट कामीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले मंगलबार त्रिशुलीबाट चोगतेतर्फ गइरहेको बा३ख ८९४५ को टिपर चालक बागेश्वरी–२ बस्ने ४० वर्षीय शालिकराम अधिकारीसँग पैसा माग्ने क्रममा हातपात गर्न खोजेको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरले प्रयोग गरेको बा३९प ९८३७ नम्बरको मोटरसाइकल र नगद २ हजार ४ सय १० रुपैयाँसहित पक्राउ गरेको थियो।  

प्रकाशित: १० कार्तिक २०७३ ०८:१६ बुधबार

चक्कु देखाई प्रत्येक गाडीसँग पैसा माग्ने पक्राउ