काठमाडौं- सात वर्षअघि मनाङको धारापानी र १२ वर्षअघि त्यहीँको ठोचेस्थित बा“सघारीमा धेरै संख्यामा रेडपान्डा देखिएका थिए। यही सूचना पछ्याउँदै गत जेठमा जीवशास्त्रीको समूह अध्ययननिम्ति त्यहा“ पुग्यो। त्यो टोलीले संसारकै अति दुर्लभ र संवेदनशील यो जीव देख्नु त परै, संकेतसम्म फेला पारेन।
कारण थियो, बासस्थान विनाश। रेडपान्डा मात्र होइन, त्यतिबेलाको बा“सघारीसमेत त्यहाँ थिएन। बा“स र त्यसको प्रजाति निगालोमा बस्ने, खाने, बच्चा पाउने र रमाउने यो जन्तु त्यही बासस्थान सखाप भएपछि मासियो।
'अहिले पनि पक्कै भेटिन्छ भनेर हाम्रो सर्वेक्षण समूहले धारापानी र ठोचेमा ६० दिन बितायो। जीव देखिनु त परै, उपस्थितिको संकेतसम्म पाएनौं,' अनुसन्धानकर्ता डम्बर विष्टले सोमबार रेन्डपान्डाको राष्ट्रिय सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै भने, 'रेडपान्डाप्रेमीका लागि मनाङले शुभसंकेत दिएन।'
उनका अनुसार रेडपान्डाको जीवनको मुख्य आधारस्थल नै बा“स र तिनको प्रजाति हो। मनाङका यी दुई स्थानमा एउटै प्रजातिका बा“स थिए। 'सामान्यतया कुनै पनि प्रजातिको बा“सको एउटा पुस्ता बूढो भयो भने सुकिहाल्छ। जति धेरै क्षेत्रफलमा फैलिएको किन नहोस् तर एउटै प्रजाति छ भने त्यो एकैपटक सुक्छ', विष्टले भने, 'मनाङमा सन् २०१२ मा त्यही भयो। सबै बा“स एकैपटक सुके। र, सुकेपछि त्यसमा आगलागी भयो। यसरी बासस्थान त सखाप भयो नै, रेडपान्डासमेत मासिए।'
उनले अध्ययन र सर्भेका क्रममा यो पुष्टि भएको बताए। 'पहिले भेटिएको ठाउँ भनेर हामीले त्यहा“ धेरै मेहनत गर्यौं,' विष्टले भने, 'त्यहा“को परिणाम नराम्रो आए पनि यो वन्यजन्तुबारे सर्वसाधारण र विज्ञले सुनेको भन्दा धेरै फरक तथ्य फेला पार्यौं।'
विष्टले रेडपान्डा नेटवर्कका तर्फबाट सर्वेक्षणको नेतृत्व गरेका थिए। यो सर्वेक्षण ताप्लेजुङदेखि दार्चुलाबीचका हिमाली, उच्च पहाडी र पहाडी गरी ३५ जिल्लामा जेठ र असारमा गरिएको थियो। तीमध्ये २३ जिल्लाका ६४ गाविसमा रेडपान्डा नै देखिएको र कतिपयमा तिनको संकेत फेला परेको थियो। यो सर्वेक्षण अमेरिकी सहयोग नियोगअन्तर्गत सञ्चालित 'हरियो वन' कार्यक्रमको आर्थिक सहयोगमा गरिएको थियो।
यसअघि यस्तो सर्वेक्षण स–साना र सीमित क्षेत्रमा मात्र भएका थिए। तिनै स–साना सर्वेक्षणका आधारमा रेडपान्डाको प्रमुख बासस्थान मध्य र पूर्वी नेपाललाई मानिँदै आएको थियो। 'तर यो सर्वेक्षणले सबैभन्दा ठूलो बासस्थान पश्चिम नेपालमा भएको देखायो,' सर्वेक्षक विष्टले भने।
सर्वेक्षणअनुसार रेडपान्डाको बासस्थानले देशको १६ हजार ३ सय १६ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको छ। यसमध्ये ४६ प्रतिशत भू–भाग पश्चिम नेपालमा मात्र छ। पूर्वी र मध्य नेपालमा यसको बासस्थान क्रमशः २८ र २६ प्रतिशत छ। 'तर हामीले विगतमा मध्य र पूर्वी नेपालमा मात्र रेडपान्डा पाइएको चर्चा धेरै सुन्यौं,' विष्टले भने। बासस्थान क्षेत्रमा १७ प्रजातिका बा“स पाइएका छन् जुन रेडपान्डाका उपयुक्त आहारा र बासस्थान मानिन्छन्। र, त्यहा“ १६० प्रजातिका बोटबिरुवा पनि पाइएका छन्। तीमध्ये १८ प्रजाति मात्र रेडपान्डाका लागि उपयुक्त मानिएका छन्।
उनले नेपालमा रेडपान्डाको संख्या २ सय ६१ देखि १ हजारबीच रहेको अनुमान गरिएको बताए। 'तर यो अन्तर धेरै भयो। हामीले यसको आनुवंशिक अनुसन्धान पनि गरिरहेका छौं। यसको ठ्याक्कै संख्या नभए पनि अझ नजिकनजिक पुग्छौं,' विष्टले भने। यसका लागि नेटवर्कले सर्वेक्षणकै क्रममा रेडपान्डाको आनुवंशिक अनुसन्धानका लागि ३ सय ५० वटा दिसाको नमुना संकलन गरेको छ। यो नमुना कम भएकाले संखुवासभा, सोलुखुम्बु, दोलखा र मुगुमा थप नमुना संकलन भइरहेको छ।
'सबै नमुना आएपछि त्यसको आनुवंशिक अध्ययन गरेर दुई महिनाभित्र यसको मिल्दोजुल्दो तथ्याङ सार्वजनिक गछर्ौं,' विष्टले भने, 'यो संसारका अति दुर्लभ, सुन्दर र संवेदनशील वन्यजन्तुमा पर्छ, त्यसैले पनि यसको सर्वेक्षण अपरिहार्य भएको हो।'
रेडपान्डालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को संरक्षित सूचीमा राखिएको छ। विश्व संरक्षण संघले यसलाई अति दुर्लभ वन्यजन्तुको सूचीमा राखेको छ भने वनस्पति तथा वन्यजन्तु ओसारपसारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) को अनुसूची १ मा छ। यो वन्यजन्तु संसारका पा“चवटा मुलुकमा मात्र पाइन्छ : नेपाल, म्यानमार, भुटान, भारत र चीन। भारतले त यसको संरक्षणका लागि दार्जिलिङ चिडियाखानामा प्रजनन केन्द्र नै स्थापना गरेको छ।
वन्यजन्तुविज्ञ डा. शान्तराज ज्ञवालीले गाउँघरमा फैलाइएको गलत हल्लाले पछिल्ला दिन रेडपान्डा मारिने क्रम बढेको उल्लेख गरे। 'यसको छाला सहरमा बेच्दा धेरै पैसा आउ“छ भन्ने हल्ला गाउँघरमा चलाइएको छ। जुन अत्यन्त गलत हो,' उनले भने, 'यही हल्लाले यो संवेदनशील जीव लोप हँुदैछ। अर्कातिर बासस्थान त्यसैगरी विनाश भइरहेको छ।'
डा. ज्ञवाली यसलाई जोगाउने हो भने बासस्थानभन्दा बाहिर (स्थानीय क्षेत्रमा) प्रजनन केन्द्र स्थापना गर्नुपर्ने बताउ“छन्। 'यसो गरियो भने मात्र मनाङको घटना दोहोरिँदा पनि आत्तिनुपर्ने अवस्था आउँदैन,' उनले भने, 'सर्वेक्षण र संख्या टुंगो लागेपछि यसको संरक्षणका लागि कार्ययोजना बनाएर लागू गर्नुपर्छ।'
यो सर्वेक्षणमा ३५ वटा जिल्लामा ४० जना जीवशास्त्री परिचालन भएका थिए। उनीहरुले यसको सर्वेक्षणका लागि ६ हजार १ सय ७६ घन्टा बिताएका थिए। एक जना जीवशास्त्रीस“ग दुईदेखि चार जना संलग्न थिए।
रेडपान्डाको संरक्षण दिवंगत वन्यजन्तुविद् डा. प्रह्लाद योञ्जनको पनि एउटा सपना थियो। उनले सन् १९८४ मा लाङटाङ क्षेत्रका रेडपान्डामा विद्यावारिधि गरेका थिए। उनले गरेको अनुसन्धानबाहेक यस जीवको संरक्षणका लागि गहकिला अध्ययन भएका थिएनन्।
प्रकाशित: ९ कार्तिक २०७३ ०१:३६ मंगलबार