समाज

अम्बे स्टीलको उद्योगमा आगलागी

जानकी गाउँपालिका–५ मा रहेको अम्बे स्टील उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान करिब ६:३० बजेतिर उक्त उद्योगमा आगलागी भएको हो।

प्रहरी, स्थानीयसँगै दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ। उद्योगको तेल स्टक रहने ट्यांकी पट्किएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीका अनुसार करिब दुई करोड ६४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। यसको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: १२ फाल्गुन २०७९ ०४:०३ शुक्रबार