समाज

चक्रपथ बिस्तारमा प्राधिकरणका कारण कुनैपनि ठाउँमा समस्या छैनः कुलमान घिसिङ

फाइल तस्बिर

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ बिस्तारमा समस्या नरहेको स्पष्ट पारेका छन्।  

बिहीबार दोस्रो चरणको चक्रपथ बिस्तार अन्तर्गत कलंकी–बसुन्धारा सडक खण्डकको अवलोकनका लागि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदुत छन सङसँगै अनुगमन एवं निरीक्षणका लागि त्यहाँ पुगेका उनले यस्तो बताएका हुन्।  

उनले कलंकी बसुन्धारा सडक खण्डमा अब १५ वटा पोल जति हटाउन बाँकी रहेको र ति पोलहरु १५ दिन भित्रमा हटाइसक्ने बताए। उनले विद्युत प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ बिस्तारको लागि समस्या नरहेको स्पष्ट पारे।  

उनले भने, ‘अब यो रिङरोड बिस्तारको कलंकी चाबहिलसम्मको बिस्तारमा हामीले पोल सार्ने काम सकिसकेका छौँ। एक, दुई स्थानमा रोडको लेभल मिलाउनुपर्ने भएकाले १५ वटा जति पोल सार्न बाँकी रहेछ, १५ दिनजति लाग्छ। विद्युत प्राधिकरणको पोलको कारणले कुनैपनि ठाउँमा चक्रपथ बिस्तारको लागि समस्या छैन।’

प्रकाशित: ११ फाल्गुन २०७९ ०६:५२ बिहीबार

कुलमान घिसिङ