समाज

सिस्टर हूड नेपालले दियो सय महिलालाई निःशुल्क सेनेटरी प्याड

सर्लाहीको दुई गाउँका किशोरीहरूलाई सेनेटरी प्याड प्रदान गरिएको छ। 

सर्लाहीको लालबन्दी नगरपालिका ४ मुसहर बस्ती र वडा नम्बर ९ डोम बस्तीका सय जना महिला तथा किशोरीलाई  निःशुल्क सेनेटरी प्याड प्रदान गरिएको हो।

सिस्टर हूड नेपालको सर्लाही टिममा आबद्ध किशोरीहरूले बस्तीमै पुगेर दलित मुसहर र डोम समुदायमा सेनेटरी प्याड वितरण गरेका हुन्। जनचेतनाको अभाव र आर्थिक अभावका कारण सेनेटरी प्याड प्रयोग गर्न नसकेका दलित महिलाहरूलाई प्याड प्रदान गरिएको हो।

सेनेटरी प्याड प्रदान गर्दै प्रयोग गर्ने तरिका पनि सिकाइएको सिस्टर हुड नेपालकी कायरा पोखरेलले जानकारी दिइन्। दलित बस्तीमा सरिस्मा खनाल, सिवानी चौलागाई, दिव्या साशंकर, मनुमाया थिङ लगायतका सदस्यहरूले प्याड वितरण गर्नुका साथै प्रयोग गर्ने तरिका सिकाएका हुन्। 

यसै गरी सर-सफाइको महत्त्वबारे पनि समूहले दलित महिला तथा किशोरीहरूलाई जानकारी दिएका छन्। तराई मधेसमा मुसहर तथा डोम समुदाय निकै पछाडि परेका समुदाय हुन्।

प्रकाशित: १० फाल्गुन २०७९ १२:४६ बुधबार