समाज

४५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ

कपिलवस्तुको तौलिहवा–  बहादुरगंज सडक अन्र्गत महाराजगंज नगरपालिका– ६ कन्चनीय पुल नजिकैबाट ४५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्।  

शिबराज नगरपालिका ४ चनईका २६ वर्षिय दुर्गा जैसवालको साथबाट सो लागु औषध बरामद गरिएको हो। कन्चनिया पुल नजिक लु ३७ प ५०७४ नम्बरको मोटरसाईकल लाई ईलाका प्रहरी कार्यलय कृष्णनगरबाट खटिएको प्रहरी गस्ति टोलीले रोकी चेकजाँच गर्ने क्रममा सो लागु औषध बरामद भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढ्रुंगेलले बताए।  

खान तलासी लिदा १० वटा प्लाष्टिकको पोका बनाई त्यसमा ब्राउन सुगर राखिएको अवस्थामा फेला परेको थियो। जैसवालको साथबाट एक थान मोबाईल, नेपाली र एयर टेलको सिम समेत बरामद भएको थियो। पक्राउ परेको युवालाई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलले बताए।  

प्रकाशित: १० फाल्गुन २०७९ ११:४९ बुधबार

ब्राउन सुगर