समाज

भिरबाट लडेर गर्भवतीको मृत्यु

बैतडी-भिरबाट लडेर दार्चुलाको धुलिगाडामा एक गर्भवतीको मृत्यु भएको छ।  0मृत्यु हुनेमा धुलिगाडा–७ रैचुका करन ठगुन्नाकी २८ वर्षीया श्रीमती कमला ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए।

महिलाको घर नजिकै रहेको भिरमा खर काट्ने क्रममा बुधबार लडेर मृत्यु भएको हो ।

प्रहरीलाई ढिलो खबर गरेको र प्रहरी टोली घटनास्थलतर्फ गएको जिप्रकाले जनाएको छ । घटनास्थल जिल्ला सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । रासस

 

प्रकाशित: २७ आश्विन २०७३ ०६:२१ बिहीबार

भिरबाट लडेर गर्भवतीको मृत्यु