समाज

हात्तीले कुल्चेर एक युवककाे मृत्यु

वारा-मंगलबार वारास्थित गडीमाई नगरपालिका-१६ को टाँगिया वस्तीमा हात्तीको आक्रमणबाट एक स्थानीयकाे मृत्यु भएकाे छ। विहानी समयमा कुवामा पानी भर्ने क्रममा कैलाश योञ्जन नामका युवकको हात्तीले कुल्चेर मृत्यु भएको हाे । 

मध्यमाञ्चल क्षेत्रीय वन निर्देशक गणेश झाका अनुसार सो घटनाबाट पीडित परिवारलाई किरिया खर्च स्वरूप केही रकम जिल्ला वन कार्यालय, वारामार्फत उपलव्ध गराउने र अन्य सहयोगका सम्बन्धमा वन्यजन्तुबाट हुने नोक्सानी सम्बन्धी राहत निर्देशिका बमोजिमका प्रकृया र कागजातहरु पूरा हुने वित्तिकै पीडित परिवारलाई राहत उपलव्ध गराउनेतर्फ कारवाही भैरहेको छ ।

प्रकाशित: २६ आश्विन २०७३ ०४:५५ बुधबार

हात्तीले कुल्चेर युवककाे मृत्यु