समाज

ताप्लेजुङ मोबाइल एण्ड इलेकट्रोनिक्स संघद्वारा लोट्से महलमा भएको लुटपाटमा संलग्नलाई कारबाहीको माग

फाइल तस्बिर

ताप्लेजुङ मोबाइल एण्ड इलेकट्रोनिक्स संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यातायात मजदुरद्धारा काठमाडौँमा गरिएको आन्दोलनको क्रममा मोबाइल व्यवसायी अर्जुन चालिसेको पसलमा भएको लुटपाटमा संलग्नलाई कारबाही गरी भएको क्षतिको भरणपुरण गराउन माग गरेको छ।

अध्यक्ष रामकुमार सेन्दाङ र सचिव चन्द्रशेखर भट्टराईद्धारा हस्ताक्षरित विज्ञप्तिमा उक्त कार्यको निन्दा र भर्त्सना गरिएको छ। संघले उक्त घटनाबाट भएको क्षतिपूर्ति सहित घटनामा संलग्नलाई कानुनी कारबाहीका लागि माग गरेको छ। यस्ता कार्य दोहोरिन नदिन तथा सुरक्षाको पूर्ण प्रत्याभूत गर्न समेत संघले माग गरेको छ। यहीँ फागुन १ गते यातायात मजदुर संघले गरेको सरकार विरुद्धको आन्दोलनका क्रममा काठमाडौँको नयाँ बसपार्कमा सञ्चालनमा रहेको लोट्से महलमा चालिसेद्धारा सञ्चालित मोबाइल पसलमा लुटपाट र चोरी भएको थियाे। 

प्रकाशित: ३ फाल्गुन २०७९ ०९:३४ बुधबार