समाज

गौ हत्याको आरोपमा तीनजना पक्राउ

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–१५ का तीनजनालाई प्रहरीले गौ हत्याको आरोपमा आज पक्राउ गरेको छ।

गाईको बाच्छाको मासु काटिरहेका बेला इलाका प्रहरी कार्यालय, बेलौरीअन्तर्गत पर्ने फटिया प्रहरी चौकीको टोलीले पुनर्वास नगरपालिका–१५ अंशुवर्मा बस्ती कोटिहोमडाँडाका ४० वर्षीया सानुमाया तामाङ, ४० वर्षीया कान्छीमाया तामाङ र ४० वर्षीय काले तामाङलाई रङ्गेहात पक्राउ गरेको हो।

“घटनास्थल इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीअन्तर्गत पर्ने हुँदा थप अनुसन्धानका लागि इप्रका त्रिभुवनबस्तीमा बुझाएका छौँ” बेलौरी इप्रकाका प्रहरी निरीक्षक भरत चौधरीले भने।

पक्राउ परेका तीनै अभियुक्तविरुद्ध गौ हत्यासम्बन्धी मुद्दा चलाइने उनले बताए। गौ हत्या गर्नेलाई १२ वर्षसम्म कैदको व्यवस्था रहेको छ। रासस

 

प्रकाशित: ८ आश्विन २०७३ १४:३३ शनिबार

गौ हत्याको आरोपमा तीनजना पक्राउ