समाज

एन्जिलाको हत्यारालाई कडा कारवाहीको माग

काठमाडौं–गोरखाकी छात्रा एन्जिला गिरीको बलात्कारपछि हत्या भएको विरोधमा छात्रा आन्दोलित भएका छन्। बिहीबार पद्यकन्या क्याम्पसका छात्राले हत्यामा संलग्न व्यक्तिलाई हदैसम्मको कारवाही गर्न माग गर्दैै विरोध प्रर्दशन गरेका छन्।

प्रर्दशनमा सहभागिले हत्यारालाई फाँसीको व्यवस्थाको माग गर्दै, महिला हिंसा बन्द गर, महिला सुरक्ष ग्यारेण्टी गर, एन्जिला गिरीको हत्यारालाई कारवाही गर, महिला एकता जिन्दाबादका भन्दै नाराबाजी गरेका थिए।

माओवादी निकट अखिल (क्रान्तिकारी) पद्यमकन्या क्याम्पस इकाइको अगुवाइमा भएको विरोध प्रर्दशन पद्यकन्या क्याम्सस, बागबजार, पुतली सडक, शंकरदेव हुँदै पुनः पद्यकन्या क्याम्पस पुगेर कोण सभामा परिणत भएको थियो।  

कोणसभालाई सम्बोधन गर्दै पद्यमकन्या क्याम्पस अखिल (क्रान्तिकारी)की अध्यक्ष वसन्ता भण्डारीले बलात्कारसँगै हत्या गर्नेलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गरिन्। एन्जिलाको हत्यामा संलग्न भनिएका अविनाश भारतीलाई मृत्युदण्ड दिनुपर्ने उनीहरुको माग छ ।

प्रहरीमा परेको उजुरी अनुसार, ‘एन्जिला गिरी गोर्खा क्याम्पसमा विएड दोस्रो वर्षमा अध्ययनरत थिइन। काठमाडौं कीर्तिपुरमा गिरी मृत फेला परेकी थिइन्। शंकरदेव क्याम्पसका छात्रा अविनाश भारतीले एन्जिलाको हत्या गरेको दावीसहित पीडित पक्षले प्रहरीमा उजुरी दिएका छन् । भारतीले काठमाडौंमा जागिर लगाइदिने भनेर काठमाडौं बोलाएको र बलात्कारपछि हत्या गरेको उजुरीमा उल्लेख छ।’

 

प्रकाशित: ६ आश्विन २०७३ १०:३९ बिहीबार

एन्जिलाको हत्यारालाई कडा कारवाहीको माग