समाज

मदिराले मात्तिएपछि युवतीको ‘ग्याङ–फाइट’, ६ जना पक्राउ

काठमाडौं–प्रहरीले ६ जना युवतीलाई मादक पदार्थ सेवन गरेर आपसमा झगडा गरेको अवस्थामा पक्राउ गरेर सार्वजनिक मुद्दा दायर गरेको छ।

बुधबार राति ११ बजे ललितपुर–९ बालकुमारीमा रहेको गुडविल रेष्टुरेन्ट एण्ड बारमा अत्याधिक मदिरा सेवन गरेपछि ६ जना युवती अपसमा ‘ग्याङ–फाइट’मा उत्रिएका महानगरीय प्रहरी परिसर ललितपुरद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ।

ग्याङ–फाइट गर्ने युवतीहरु १८ बर्षदेखि २५ बर्ष उमेरका छन्।

प्रकाशित: ६ आश्विन २०७३ १०:२५ बिहीबार

मदिराले मात्तिएपछि युवतीको ग्याङ–फाइट जना पक्राउ