समाज

राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न

महिला सशक्तिकरण, समानता र मर्यादाको लागि अन्तर्राष्ट्रिय एकतामा ऐक्यबद्धता जनाउँदै बियोण्ड बेइजिङ कमिटी (बिबिसी) नेपालले राष्ट्रिय स्तरको परामर्श कार्यक्रम सम्पन्न गरेको छ।

‘लैङ्गिक समानता हासिल गर्नका लागि व्यापक यौन शिक्षामा प्रविधि र नवप्रवर्तन’ भन्ने नाराको साथ बिबिसी नेपालले उक्त परामर्श कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य तथा संस्थाको पूर्व अध्यक्ष शुशिला श्रेष्ठले लै‌गिक, जातीय, भौगोलिक समानताको पक्षमा पैरवी गरिरहँदा नविन प्रविधि तथा सोचहरूले असमानताको खाडललाई मेटन सहयोग गरिरहेको बत्ताइन्।

समाजमा सयै वर्ष अघि देखी महिला, बालबालिका तथा किशोर किशोरीले भोग्दै आउनुपरेको असमानताको खाडललाई पुर्न नवीनतम सोच, विचार र प्रविधिले मानिसको व्यवहारमा परिवर्तन ल्याएको उल्लेख गर्दै उनले प्रविधिको विवेकपूर्ण प्रयोग गर्नुपर्ने बताइन्।

बिबिसी नेपालले यसै सम्बन्धमा विभिन्न स्थानमा प्रादेशिक परामर्श कार्यक्रम सकेर राष्ट्रिय स्तरको परामर्श कार्यक्रम सम्पन्न गरेको संस्थाका परियोजना अधिकृत रेयुसा चालिसेले बताइन्।

उनले परामर्श कार्यक्रमबाट प्राप्त जानकारी र सुझावहरूलाई युवा र महिलाहरूको दृष्टिकोणबाट ‘कल फर एक्सन’ को रूपमा तयार गर्ने उल्लेख गर्दै आगामी मार्च महिनामा संयुक्त राष्ट्र संघको मुख्यालयमा बिबिसीले आयोजना गरेको समानान्तर सत्रमा उक्त ‘कल फर एक्सन’ प्रस्तुत गरिने बताइन्।

बिबिसी नेपालले ४७ औँ सत्रदेखि ‘लौंगिक समानता हासिल गर्नको लागि व्यापक यौन शिक्षामा प्रविधि र नवप्रवर्तनमा राष्ट्रिय परामर्श’ सत्रहरूमा भाग लिइरहेको तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको संस्थाको वकालत तथा परियोजना अधिकृत कल्पना राईले बताएका छन्।

बिबिसीले सन् १९९७ देखी नै सिएसडब्लुको सत्रहरुमा नेपाली महिला बालिका र युवाहरुको मुद्धालाई पैरवी गर्दै आएको राईले बताइन्।

प्रकाशित: २८ माघ २०७९ १०:०८ शनिबार