समाज

ढुङ्गा थुपार्ने क्रममा खोलाले बगाएर मृत्यु

उर्लाबारी (मोरङ)– चिसाङ खोलाले बगाएर लेटाङ भोगटेनी नगरपालिका– २ का ३८ वर्षीय चञ्चलाल मगरको मृत्यु भएको छ।

खोलामा पसेर ढुङ्गा थुपार्ने क्रममा खोलाले बगाउँदा मगरको मृत्यु भएको हो । उनको शव खोलाले बगाएको स्थानबाट २०० मिटर तल फेला परेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक गणेशमान श्रेष्ठले जानकारी दिए। रासस

प्रकाशित: ५ आश्विन २०७३ ११:२० बुधबार

ढुङ्गा थुपार्ने क्रममा खोलाले बगाएर मृत्यु