समाज

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक– भक्तपुर जिल्ला अदालतको २०७१ जेठ २८ गतेको फैसलाले सवारी ज्यान मुद्धामा ५ महिना ४ दिन कैद सजाय हुने ठहर गरिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

काभ्रेपलाञ्चोक, दाप्चाको शिखण्ड नगरपालिका–१४ बस्ने काभ्रेपलाञ्चोक डराउनेपोखरी गाविस–२ का ३० वर्षीय कुमारदर्शन श्रेष्ठलाई बनेपा नगरपालिका क्षेत्रबाट बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनलाई फैसला कार्यान्वयनको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
 

प्रकाशित: ३० भाद्र २०७३ १२:३० बिहीबार

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ