समाज

नागरिककर्मीलाई सञ्चारिका पुरस्कार

ललितपुर- सञ्चारिका समूह, नेपालद्वारा स्थापित 'सञ्चारिका समानता पुरस्कार, २०७२' नागरिककर्मी भाषा शर्मालाई प्रदान गरिएको छ। समूहको २०औं वार्षिक साधारणसभा अवसरमा बुधबार सो पुरस्कार शर्मालाई प्रदान गरिएको हो।

वैशाख १२ मा नागरिक दैनिकमा प्रकाशित 'हद म्यादको तगारो' शीर्षक फिचरका लागि पत्रकार शर्मालाई पुरस्कृत गरिएको समूहले जनाएको छ। पुरस्कार राशि १५ हजार रुपैयाँ छ।

समूहको वार्षिक साधारणसभाका प्रमुख अतिथि एवं सञ्चारिका समूहकी पूर्व अध्यक्ष बबिता बस्नेतले शर्मालाई पुरस्कार प्रदान गरेकी थिइन्।

पुरस्कार छनोट समितिमा वरिष्ठ पत्रकार धर्मेन्› झा, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्› विष्ट र सञ्चारिका समूहकी कोषाध्यक्ष यशोदा अधिकारी थिए।

समूहले अन्य तीन पत्रकार महिलालाई पनि पुरस्कृत गरेको छ। 'स्वर्गीय उमा सिंह पत्रकारिता पुरस्कार, २०७२' काभ्रेबाट पत्रकारिता गर्दै आएकी रमा दाहाललाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि सात हजार एक सय एघार रुपैयाँ छ। 'सञ्चारिका प्रोत्साहन पुरस्कार, २०७२' फातिमा वानु र  शर्मिला पाठकलाई प्रदान गरिएको छ।

प्रकाशित: ३० भाद्र २०७३ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App