समाज

सिन्धुपाल्चोकमा आपत्कालीन भवन सञ्चालन

सिन्धुपाल्चोक- गत वर्ष वैशाख १२ को भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा जिल्ला आपत्कालीन केन्द्र बनेको छ।

                चाइल्ड रिच नेपाल नामक संस्थाले केन्द्रका लागि भवन निर्माण गरेर जिल्ला दैवीप्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको हो। आर्किटेक इन्जिनियरद्धारा डिजाइन गरिएको आल्मुनियम र प्रिफ्याभको बहुउद्देश्यीय दुई कोठे भवन चाइल्ड रिचका नेपाल निर्देशक छिरिङ लामाले निमित्त प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाललाई हस्तान्तरण गरे।

                विपद् व्यवस्थापन गर्न प्रत्येक जिल्लामा एउटा आपतकालीन सञ्चालन केन्द्र (डिइओसी) निर्माण गर्ने निर्णय गर्दै सरकार आवश्यक नीति निर्माणमा जुटेको छ। त्यसअगावै सिन्धुपाल्चोकले केन्द्र स्थापना गरेको छ । यो भवनमा सम्भावित विपद्पछिको आकस्मिक कार्य गर्न आवश्यक सामग्री भण्डारण गरिने निमित्त प्रजिअ सिलवालले बताए । ‘उद्दार समितिको कार्यालय यही रहन्छ । बैठक पनि अब यही बस्छ,’ उनले भने । भूकम्पले कार्यालय क्षतिग्रस्त हुँदा सुरुका दिन समितिको बैठक खुला आकासमूनि बसेको थियो।

                चाइल्ड रिचका निर्माण सिनियर सुपरभाइजस पासाङ लामाले केन्द्र भवन भूकम्प प्रतिरोधी भएको बताए। झण्डै १९ लाख रुपैयाँ लागतमा केन्द्रको भवन निर्माण भएको उनले जनाए। भूकम्पपछि उक्त संस्थाले जिल्लाको पश्चिमी क्षेत्रमा यस्तै भूकम्प प्रतिरोधी विद्यालय निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको थियो।

प्रकाशित: २१ भाद्र २०७३ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App