समाज

उपचार नपाउँदा २१ वर्षीया गर्भवतीको मृत्यु

जाजरकोट सुत्केरी व्यथा लागेको लामो समय बितेपनि उपचार नपाएर एक युवतीको मृत्यु भएको छ। जिल्लाको पजारु३ की २१ वर्षीया रमिता बुढाको बच्चा जन्माउन नसक्दा ज्यान गएको हो।

उपचारका लागि मोर्कबजार ल्याउँदै गर्दा गएराति बीचबाटोमै उनको ज्यान गएको हो। मृतक रमिता वागेश्वरी निमावि पजारुमा कक्षा ११ मा अध्ययनरत थिइन्। रासस

प्रकाशित: १६ भाद्र २०७३ ०९:१५ बिहीबार

उपचार नपाउँदा २१ वर्षीया गर्भवतीको मृत्यु