समाज

सूचना वर्गीकरणका निर्णयबारे प्रधानमन्त्री दाहालले सोमबार सरोकारवालासँग छलफल गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना वर्गीकरणका बिषयमा भएका निार्णयहरुबारे सोमबार सरोकारवाला पक्षहरुसँग छलफल गर्ने भएका छन्।

उनले आइतबार दिउँसो आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै उक्त जानकारी दिएका हुन्।

‘सूचना वर्गीकरण सम्बन्धि समितिले गरेको निर्णयका बारेमा विभिन्न निकायबाट व्यक्त चासोका बारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ’, प्रधानमन्त्री दाहालको फेसबुक पेजमा लेखिएको छ, ‘भोलि सोमबार सरोकारवाला पक्षहरूसँग छलफल गरी समस्या समाधानबारे आवश्यक निर्णय लिइनेछ।’

सूचनाको वर्गीकरणसम्बन्धि समितिले सूचनाहरुको वर्गीकरण गरेको छ। त्यही समितिले गरेको वर्गीकरणमा विभिन्न निकायबाट चासो व्यक्त भएपछि प्रधानमन्त्री दाहालले यसबारे छलफल गर्ने जनाएका हुन्।

सूचनाको हकसम्बन्धी ऐन २०६४/०७४ को संशोधनसहित) को परिच्छेद–४ मा सूचनाको संरक्षणसम्बन्धि व्यवस्था छ। त्यसभित्र सूचनाको वर्गीकरणसम्बन्धी व्यवस्था छ। त्यही व्यवस्था अनुसार सूचनाको वर्गीकरण गर्न नेपाल सरकारका मुख्य सचिवको अध्यक्षतामा एउटा समितिको व्यवस्था गरिएको छ। 

त्यही समितिले गोप्य राख्नुपर्ने सुचना, त्यसका अधारहरु तयार गर्छ भने साधारण सूचना, असाधारण (गोप्य राख्नुपर्ने )सूचनाहरुको वर्गीकरण गर्छ।

प्रकाशित: १५ माघ २०७९ ११:४३ आइतबार

पुष्पकमल दाहाल