समाज

भीरमा लागेको आगो निभाउन गएका बालक मृत फेला

भीरमा लागेको आगो निभाउन गएका ताप्लेजुङको फुङलिङ नगरपालिकाका तीनबरे घर भई मिक्वाखोला गाउँपालिका वडा नं ४ बस्दै आएका १५ बर्से बालकको मृत्यु भएको छ।

मिक्वाखोला गाउँपालिका वडा नं ४ दलैंचास्थित एङखरा भीरमा लागेको आगो निभाउने स्थानीय मानिससँगै गएका १५ वर्षीय सुनिल थलङ राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख (डिएसपी) कैलाश राईका अनुसार स्वर्गीय नरबहादुर थुलुङ राईका छोरा सुनिल मिक्वाखोलास्थित मावली बाजे बुद्धराज साँवा लिम्बूको घरमा बस्दै आएका थिए।

प्रहरी प्रमुख राईका अनुसार एङखरा भीरमा लागेको आगो निभाउन स्थानीय मानिससँगै भीरतर्फ गएका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा भीरबाट तल करिब ३ सय मिटर तल मृत अवस्थामा फेला परेका थिए। उनको शव पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको समेत प्रहरीले जनाएको छ।  

प्रकाशित: १४ माघ २०७९ ११:१५ शनिबार

ताप्लेजुङ