समाज

तिनकुनेबाट हतियार सहित एक पक्राउ

काठमाडौं- प्रहरीले हतियार सहित तिनकुनेबाट एक जनालाई पक्राउ गरेको छ। सर्लाही घर भएका कुमार लामालाई प्रहरीले जर्मन मेड पेस्तोल र चार राउन्ड गोली सहित प्रहरीले पक्राउ गरेको हो।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध बोकेको आशंकामा तलासी लिँदा लामाको साथमा पेस्तोल फेला परेको हो। नयाँ बानेश्वर वृतमा राखिएका लामाको विषयमा अनुसन्धान भइरहेको एसएसपी विक्रम सिंह थापाले बताए।

प्रकाशित: १२ भाद्र २०७३ १४:३४ आइतबार

तिनकुनेबाट हतियार सहित पक्राउ