समाज

विभत्स तस्बिर प्रकाशन नगर्न काउन्सिलको आग्रह

काठमाडौं-  प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यममा विभत्स तस्बिर संप्रेषण नगर्न आग्रह गरेको छ। काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले शुक्रबार एक विज्ञप्ति प्रकाशन गर्दै त्रिशुली नदिमा भएको बस दुर्घटना सम्वन्धी समाचारमा मृत्यु भएका मानिसका विभत्स तस्बिरहरु सार्वजनिक भएकोमा ध्यानाकर्षण भएको समेत जनाएको छ।

यस्ता तस्बिर सम्प्रेषण हुँदा समाजमा नैराश्यकता र सन्त्रास फैलिनुको साथै पत्रकार आचारसंहिता २०६० (संशोधित- २०६४) को दफा ४ (९) को उल्लङघन हुने समेत जनाएको छ।

प्रकाशित: १० भाद्र २०७३ १२:०२ शुक्रबार

विभत्स तस्बिर प्रकाशन नगर्न काउन्सिलको आग्रह