समाज

रेडपाण्डाको ९ थान छालासहित ४ जना पक्राउ

काठमाडौं– दुर्लभ वन्यजन्तु रेडपाण्डाको ९ थान छालासहित ४ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले बुधबार पक्राउ गरेको छ। बुढानिलकण्ठ नगरपालिका–१४ कपनस्थित जीवन गुरुङको कोठामा एक थानको ५ लाख ५० हजार रुपैयाँका दरले बिक्री गर्ने उद्देश्यले राखेको अवस्थामा उक्त छालासहित ४ पक्राउ परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ–१४ कपन बस्ने उदयपुर बलम्ता–८ का २३ वर्षीय सुशील राई, बाँके नेपालगंज बस्ने बाग्लुङ भिमगिठी गाविस–१ का २४ वर्षीय मुस्कान थापा, बुढानिलकण्ठ–१४ कपन बस्ने खोटाङ दुवेकोल गाविस–८ का २६ वर्षीय जीवन गुरुङ र काठमाडौं सामाखुशी बस्ने मकवानपुर सरिखेत पलासे गाविस–५ का  ३२ वर्षीय लालबहादुर थिङ रहेका छन्।

उनीहरुलाई आवश्यक कानुनी कारवाहीको लागि बिहीबार जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइने महाशाखाले जनाएको छ।

 

प्रकाशित: २६ श्रावण २०७३ ११:४८ बुधबार

रेडपाण्डाको थान छालासहित जना पक्राउ